प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी
मङ्गलबार, १० मङ्सिर २०७६, १७ : ५९
काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्माको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
सो अवसरमा प्रचण्डलाई डाक्टरहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने जानकारी गराएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि ओली मंगलबार अस्पताल भर्ना भएका थिए भने आजै उनको एपेन्डिसाइटिसको अपरेसन गरिएको थियो ।