सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, भेन्टिलेटरबाट हटाइयो

बुधबार, ११ मङ्सिर २०७६, ०८ : ३२
बुधबार, ११ मङ्सिर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि त्यो हटाइएको छ । थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि मङ्गलबार प्रधानमन्त्री ओलीको शल्याक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओली बिहान ९ बजे उपचारका लागि उक्त सेन्टरमा पुगेका थिए । विज्ञ चिकित्सकहरु सम्मिलित टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएको थियो ।

तत्काल अस्पतालले ‘ल्याप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायतका विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो । 

सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा जानकारी दिँदै शल्यक्रियापछि स्वास्थ्य अवस्था स्थिर रहेको जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप