सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली चिकित्सकको निरन्तर निगरानीमा

बुधबार, ११ मङ्सिर २०७६, १९ : ३५
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । त्रिविस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तम श्रेष्ठले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जानकारी दिए । 

‘शल्यक्रियापश्चात हाल सघन उपाचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ’, अस्पतालले बुधबार साँझ ७ बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान ९ बजे अस्पताल पुर्‍याइएको थियो ।

विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) र ‘एपेन्डेक्टोमी’ (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया) गरिएको थियो ।

 शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.रमेशसिंह भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप