जन्मदिनको खर्च कटाएर जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
बिहीबार, १२ मङ्सिर २०७६, १६ : ३५
बेलायत । सामाजिक आभियाता तथा युवा ब्यबसायी बिष्णु खरेलले आफ्नी छोरी ब्रीशाको १५ औं जन्मदिनमा गर्ने खर्च कटाएर तीन जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।
बेलायतस्थित बेलिफ रेस्टुरेन्टका प्रबन्धक खरेलले धादिङको ज्वालामुखी गाउँपालिकाको स्कूलमा अध्ययन गर्दै आएका एक छात्र र दुई जना छात्रा लाई एक वर्षसम्म लाग्ने सम्पूर्ण खर्च ५० हजार दिएका हुन् ।
यसअघि गत महिना उनले बुद्ध फाउन्डेसन युकेमार्फत कपिलबस्तुमा आश्रम निर्माणको लागि एक हजार पाउण्ड सहयोग गरेका थिए ।