सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्काभेटर भासिएर भोटेकोशीमा खस्दा चिनियाँ नागरिकको मृत्यु

शुक्रबार, १३ मङ्सिर २०७६, ०८ : १३
शुक्रबार, १३ मङ्सिर २०७६

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं–२ टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा सञ्चालनमा रहेको स्काभेटर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । 

स्काभेक्टर भासिएर भोटकोशी खोलामा डुबेर भएको दुर्घटनामा चालक चिनियाँ नागरिक ३६ वर्षीय छु छिङको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ । 

टिमुरेमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको लागि भोटेकोशी खोलाबाट ढुङ्गा निकाल्न खोज्दा स्काभेटर भासिएर दुर्घटना हुदाँ चालकलाई खोलाले बगाएको हो ।

खोलाले बगाएर लैजादै गरेको समयमा करिब ५ सय मिटर तलबाट चालकलाई उद्धार गरेपनि उनको घटनास्थलमै मृत्यु भएको रसुवा प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालले जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप