टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
शुक्रबार, १३ मङ्सिर २०७६, १२ : ०५
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान ना२ख २३२२ नम्बरको टिपरले बा५५प ९९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार टिपरको ठक्करबाट घटनास्थलमै मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
टिपर चालकलाई प्रहरी चौकी पौराहीले नियन्त्रणमा लिइसकेको छ ।