आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग फुटबल मंसिर २८ गतेबाट सुरु हुने

शुक्रबार, १३ मङ्सिर २०७६, १८ : २३
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौं । यो वर्षको सहिद स्मारक ‘ए डिभिजन लिग फुटबल’ मंसीर २८ बाट सुरु हुने भएको छ । शुक्रबार  अखिल नेपाल फुटबल संघ (एन्फा) ले टाइसिट ‘ड्र’  सार्वजनिक पनि गरेको छ । टाइसिट ‘ड्र’ अनुसार लिगको पहिलो खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन् ।

दोस्रो खेल भने मंसिर २९ गते सिएमजी क्लब संकटा र च्यासल युथ क्लबबीच हुनेछ भने सोहिदिन त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच पनि प्रतिस्पर्धा  हुनेछ । मंसिर ३० गते सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ मस्र्याङ्दी क्लब  र एपिएफ क्लबबीच हुनेछ । त्यस्तै लिगको पहिलो चरणको अन्तिम दिन पुष १ गते २ खेल हुनेछ । जसमा रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा  नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगका सम्पूर्ण खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ भने एन्फाको च्यासलको मैदानलाई बैकल्पिक मैदानको रुपमा राखिएको छ । लिगको खेलसँगै दशरथ रंगशालामा ५ वर्षपछि लिग फुटबल फर्कने भएको छ । भूकम्पले क्षतिग्रस्त बनेको रंगशालाको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । दोश्रो चरणका खेलहरुको तालिका पहिलो चरणको खेलहरु सकिएपछि निकालिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप