मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुस्त मनस्थितिका गंगाबहादुर जासुुसीको आरोपमा भारतमा पक्राउ

शनिबार, १४ मङ्सिर २०७६, ११ : ०२
शनिबार, १४ मङ्सिर २०७६

काठमाडौँ । सुस्त मनस्थितिका एक नेपाली नागरिकलाई भारतमा जासुसीको आरोपमा पक्राउ गरिएको छ ।

गुल्मी घर भएका गंगाबहादुर बोल्न र सुन्न सक्दैनन् । भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सुरक्षाकर्मीका विभिन्न निकायले केही दिन यता उनीसँग सोधपुछ गरिरहेका छन् । उनलाई पाकिस्तानी गुप्तचर एजेन्सी ‘आईएसआई’को एजेन्ट भएको आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान थालेको सो अखबारले भारतीय सुरक्षा निकायलाई उद्धृत गर्दै जनाएको छ ।

भारतीय अनुसन्धान ब्यूरोका अनुसार उत्तर प्रदेशको बरेलीबाट उनलाई नियन्त्रणमा लिइएको हो । विगत ८ वर्षदेखि लखनउमा बस्दै आएका उनी गत सेप्टेम्बरदेखि बरेलीमा दैनिक दुई सय रुपैयाँ तिरेर एउटा होटलमा बस्दै आएको बताइन्छ ।

उनको साथबाट दुई वटा मोबाइल फोन बरामद भएको जनाइएको छ । उनी फेसबुक र अन्य सोशल नेटवर्किङ साइटमा समेत सक्रिय रहेको भारतीय सुरक्षाकर्मीको दावी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप