आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुत्केरी छोडेर फर्कने क्रममा एम्बुलेन्स दुर्घटना

शनिबार, १४ मङ्सिर २०७६, ११ : ३९
शनिबार, १४ मङ्सिर २०७६

प्यूठानको ऐरावती गाउँपालिका–५ पकलामा एम्बुलेन्स दुर्घटना भएको छ । 

ऐरावती–१ वन्जाडे गाउँवाट सुत्केरी छोडेर फर्कने क्रममा  एम्बुलेन्स दुर्घटना हुदाँ एकजनाको मुत्यृ भएको छ । अन्य चारजना घाइते भएको प्रहरीले जनाएको छ । 

धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको ऐम्बुलेन्स दुर्घटना हुँदा ऐरावती–५ जाडीका २८ वर्षे रेशम थापाको मुत्यृ भएको हो ।

जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा उनको मुत्यृ भएको जिल्ला प्रहरी कार्यालय प्यूठानकाले जनाएको छ । 

सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार दुर्घटनामा घाइते हुनेमा सोही गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षे खेमराज थापा, १९ वर्षे लक्षुमण थापा, ३१ वर्षे होतराज थापा र २१ वर्षे प्रदिप थापा रहेका छन् । 

एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भने अन्य तीनजनाको जिल्ला अस्पताल विजुवारमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप