६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
शनिबार, १४ मङ्सिर २०७६, १४ : ५७
सिन्धुपाल्चोक । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रविसे नगरपालिका-५ सिङार्चे बस्ने १९ वर्षीय उज्जल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
गत सोमबार बस्नेतले ती बालिकालाई ललाइफकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।