कास्की–२ मा मतगणना सुरु
शनिबार, १४ मङ्सिर २०७६, २२ : ५९
पोखरा । कास्की क्षेत्र – २ को प्रतिनिधिसभाको उपचुनावको मतगणना सुरु भएको छ । केहीसमय अघि बसेको सर्वदलीय बैठकले १०ः ३०मा गतगणना सुरु गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम अहिले मतगणना सुरु भएको हो । कास्की –२ मा जम्मा ४५ हजार ५ सय ६३ मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय कास्की अनुसार बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म चलेको मतदानमा कास्की २ बाट ६३ दशमलव ४० प्रतिशत मतदाताले भाग लिएका थिए । कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता रहेका छन् ।