वर्षासँग दुर्गेशको ‘टुना मुना’
आइतबार, १५ मङ्सिर २०७६, १३ : ४२
काठमाडौं । दीपक बसन्त कार्कीको शब्द तथा संगीत रहेको गीत ‘टुना मुना’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
बिन्दु परियार, मौसम गुरुङ र सुनिल पाठकको स्वर रहेको गीतको भिडियोमा दुर्गेश थापा र बर्षा शिवाकोटीको अभिनय देख्न सकिन्छ ।
रोमान्टिक शैलीमा रहेको गीतको भिडियो शिव विकको निर्देशन गरेका हुन् ।
भिडियो अर्जुन तिवारीले छायाँकन, रक्स कुशलको कोरियोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।