पिपरा गाउँपालिकामा राजपा पराजित, नेकपाले बाजी मार्यो
आइतबार, १५ मङ्सिर २०७६, १७ : ४०
जनकपुर । यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाले विजय हासिल गरेको छ ।
कडा प्रतिस्पर्धाका बीच नेकपाका उम्मेदवार विक्रम चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ३८ मत प्राप्त गरिन् ।
त्यस्तै राजपा नेपालका उम्मेदवार रविता कुमारी चौधरीले २ हजार ९ सय ८४ मत प्राप्त गरिन् ।
राजपा नेपालको आधार क्षेत्रको रुपमा रहेको पिपरा गाउँपालिकामा पराजयसँग सो पार्टीलाई धक्का पुगेको छ ।