मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरियामा नेपालीको मृत्युले उब्जाएका प्रश्न

आइतबार, ०४ असार २०७४, १३ : ३२
आइतबार, ०४ असार २०७४

सज्जनकुमार सिंह 

कोरिया नेपालीहरुका लागि आर्यघाट जस्तै हुनथालेको छ । आज पनि एक जना नेपालीको निधनले हामी दुतिख भएका छौ । १० दिनमा ५ जनाको मृत्यु कोरियमा आज फेरि एक नेपाली सुतेको अवस्था मृत्युको खबरले दुखित बनायो । नेपालीलाई के दशा लाग्यो । नेपालको हालत र यहाँ परदेशिएकाको हालत पनि डरलाग्दो हुँदै गएको छ । 


यो कुरा प्रत्येक दिन सामाजिक सन्जालमा छरिएका पोस्टबाट थाहा पाइन्छ । अहिले कोरिया मात्र होइन अन्यदेशमा गएका मजदुरहरुको अवस्था पनि यस्तै भएको छ । हार्दिक श्रद्धाञ्जलि र रिप शब्दले सामाजिक सञ्जाल भरिएका छन् । नेपालीको निधन र यसले उव्जाएको चिन्ताको अभिव्यक्त छ । दक्षिण कोरियामा दश दिनमा ५ जना नेपालीको मृत्यु यसरी दुई दिनको फरकमा एकजना नेपालीको ज्यान जानु भयानक पक्ष हो । पत्रिका र मिडियामा छापिने मृत्युका खबरले घर परिवारलाई चिन्तित  बनाएको छ भने कोरिया पुगिसकेका नेपालीमा पनि आशङ्का बढेको छ । थाहा छैन भोलि मेरै पालो पो हुने हो कि । उनीहरुको आशङ्काको घेरा बढिरहेको छ । 


यी दस दिनमा कम्पनी दुर्घटनामा दुई, सुतेकै आवस्थामा दुई र एकजना आत्महत्या गरी निधन भएको छ । राति सुतेकै अवस्थामा  म्याग्दीका २७ वर्षीय शिवकुमार कार्कीको निधन भएको छ । लालबहादुर थापाको कम्पनी दुर्घटनामा, समुद्र केसीको आत्महत्या, पर्वतक राजकुमार विकको कम्पनी दुर्घटनमा र विराटनगरका उमेशचन्द्र पौडेल सुतेकै अवस्थामा दश दिनको बीचमा संसार छाडे । यसरी ईपीएस सुरु भएयता दक्षिण कोरियामा नेपालीको आत्महत्या र कम्पनी दुर्घटना सुतेकै अवस्थामा मृत्यु हुने दर डरलाग्दो रुपमा बढेको छ भने कम्पनीमा दुर्घटना भई शरीरका अङ्गभङ्ग गुमाउनेको सङ्ख्या पनि हजारभन्दा माथि छ । कामकै कारण आँखा नदेख्ने, कान नसुन्ने सानै उमेरमा धेरै शारीरिक समस्या देखिने गरेका तथ्य दिनहँु सार्वजनिक हुन्छन् । 

किन हुन्छ यस्तो कोरियामा 
दक्षिण कोरिया नेपालीको लागि पछिल्लो समयको आकर्षक रोजगारी गन्तव्य बनेको छ । ईपीएस सुरु भएपछि कानुनी र गैरकानुनी रुपमा ५० हजारको हाराकारीमा नेपालीहरु कोरिया पुगेका छन् । कोरिया नेपालमा रिमिट्यान्स भित्रिने मुलकमध्ये पर्छ । त्यहाँ पुगेर आफ्नो आर्थिक अवस्था सुधार गर्ने नेपालीको सङ्ख्या बढिरहेको छ । दक्षिण कोरियाको क्रेज यसरी बढेको छ कि आज डिग्री गरेकाहरु आफ्नो डिग्रीको क्षमता भुलेर कोरियन भाषा पढिरहेका छन् । यहाँका साइन्सका विद्यार्थीहरु आफ्ना पाठ्यक्रमका पुस्तकहरु फालेर कोरियन भाषा पढिरहेका छन् । रोजगारीका लागि कोरिया जान चाहनेको हुल थामी नसक्ने छ । यसको उदाहरण त १० हजार कामदारको माग भई आएकोमा ७५ हजार नेपाली युवा दिएको निवेदनबाटै थाहा हुन्छ । फर्म भर्न र फर्मको शुल्क तिर्न दुई दिन दिनदेखि लाइनमा बसेर फर्म भर्न गरिएको हानथापको कथा भनिसाध्य छैन ।

अधिकांश जुझारु पढेलेखेका युवाहरु देशमा रोजगारी र आम्दानीको विकल्प नदेखेर रातदिन कोरियन भाषा पढिरहेका छन् । यहीँबाट पुष्टि हुन्छ नेपाली युवाहरु पैसाका लागि जे पनि गर्न तयार छन् । दक्षिण कोरिया संसारमै निकै छोटो विकास भएको देशमध्येको एक हो । यहाँको चामत्कारिक विकासको श्रेय यहाँका नागरिकको परिश्रम र मिहिनेतलाई जान्छ । आर्थिक रुपमा विश्वकै दशौँ शक्ति राष्ट्रको कोटिमा पर्न सफल दक्षिण कोरियाले संसारभर इलेक्ट्रोनिक तथा मेसेनरी सामान उत्पादन गरी बेच्छ । विश्वमै सबैभन्दा बढी पानी जहाज बन्ने यो देश मोबाइल तथागाडिको उत्पादनमा पनि अब्बल छ । संसारका चर्चित गाडी तथा मेसिनहरुसँग यहाँका उत्पादनले अहिले प्रतिस्पर्धा गरिरहेको छ । उत्पादनका लागि देशमै कामदार अभाव भएपछि ईपीएस पणाली मार्फत कोरियाले एशियाली देश, नेपाल, फिलिपन्स, पाकिस्तान, श्रीलँक, भियतनाम, बङ्गालदेश, थाइल्यान्डलगायतका देशबाट कामदार लान सुरु गरेको छ भने अफ्रिैकी देशबाट पनि काम गर्न आउने कामदारको सङ्ख्या बढी छ । कोरियनहरु कामलाई पहिलो प्राथमिकता दिन्छन् । केमिकल र कम्पनीका खतरनाक मेसिन तथा कठिन ठाउँमा काम गराउने र सोहि अनुसारको तलब पनि दिने भएपछि कोरियाको लोकप्रियता बढ्यौ । हाम्रो जस्तो देशमा रोजगार कै अवसर नभएको र कोरियामा काम गरे दुई लाख माथिसम्म कमाइ भएपछि त्यहाँ जान हानथाप गर्नु ठूलो कुरा होइन । 


अधिकांश युवाहरु पढेका विद्यालय र कलेज जीवनमा रमाएकाहरु कोरिया जाने गरेका छन् । सामान्य लेखपढ गर्नेदेखि डिग्री पढेका पनि कामदारको रुपमा कोरिया पुगेका छन । कमाइको दृष्टिकोणले राम्रो भएपनि मानसिक र सम्मानको दृष्टिकोणले दक्षिण कोरियामा नेपाली तथा अन्य देशका कामदारले हिनता बोध गर्छन् । कमाइ भए  जे पनि गर्न तयार भएर दक्षिण कोरिया पुगेका युवामा लागतारको काम र अधिकांश कम्पनीमा हुने दुव्र्यवहारले आफूलाई हिनता बोध भएको महसुस गर्छन् ।  यदि आफूलाई हरेक अवस्थामा गाल्न सक्ने क्षमता नराख्ने युवाहरु, दुख गर्न नसक्ने युवा कोरिया नगएकै बेस हुन्छ ।  लगातारको काम, स्वास्थ्यको खेलवाड, अनि बढी पैसा कमाउने अकाङ्च्छालगायतक विविध कारणले नेपालीमा विविध घटना घटिरहेका छन । 


कोरियामा फोहोरी, खतरनाक, तथा कठिन काम गर्नुपर्छ । कामको चाप एकातिर अर्र्कोितर स्वास्थ्यको खेलवगाड गर्ने, पनि गरेका पाइन्छ । कम्पनीमा काम गर्दा विभिन्न कारण देखाएर सुरिक्षत सामाग्री सुरक्षित चश्मा, सुरक्षित टोपी, सुरक्षित जुत्ता पन्जालगायतका सामनको प्रयोग नगर्ने । थाहै नभएको मेसिन र अन्य काम पनि गर्न तम्सने, बढी रक्सी खाने, आराम नगर्ने, कुनै कुनै कम्पनीमा बढी समय काम गराउने अनावश्यक तनाव दिने तथा गाली गलौज र सामान्य अधिकार प्रयोगमा पनि बन्देज लगाउने जस्ता समस्या मुख्य देखिएका छन् । परिवारीक झमेलाका कारण पनि कम्पनी दुर्घटना हुनेगरेका छन् । कामको समयमा पारिवारिक समस्या सोच्दा कम्पनीमा दुर्घटना हुनुको साथै काममा मन नजाने  तथ्य पनि सार्वजनिक भएका छन् । पैसाको कमाउने अभिलासा र समय अभावका कारण  आराम गर्ने, नियमति स्वास्थ्य परीक्षण गर्ने जस्ता कुरामा बेवास्ता गरिएको पाइएको छ । कोठामा सुत्दा राम्रोसँग हावाको मात्रा बारे जानकारी नहुनु पनि समस्या हो भने । एक्लै बस्दा मानसिक रुपमा समस्या हुने र होम सिक हुने कारणले पनि आत्महत्या गर्ने गरेका छन । 
समाधान के छ
कोरियामा दिनहुँजसो हुने आत्महत्या, दुर्घटना र सुतेको अवस्थामा मृत्युलाई न्यूनीकरण गर्न धेरै कुराम विचार गर्नुपर्छ  सबैभन्दा पहिले नेपालबाट कोरिया जाने सोच बनाउने युवाहरुले केवल पैसा मात्र नहेरी कोरियाको काम र आफ्नो स्तर मूल्याङ्कन गर्नुपर्छ । डिग्री पढेकाहरु पनि कोरियामा तल्लो स्तरको काम गर्नुपर्ने हुन्छ । तपाईं नेपालको शिक्षक, हाकिम जे भए त्यहाँको निम्न तहको कामदार हो । यस्तो काम गर्दा पढेका युवाहरुमा बेखुसीपनको बास गर्छ । आत्मग्लानीसँगै काममा हुने असहजता काममा दिल बस्दैन । आफूलाई शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा तयार हुनु पर्छ । 
कोरिया जानेहरु भाषा परीक्षा उत्तीर्ण भएपछि जाने परिपाटीले गर्दा पढेका विद्यार्थीले भाषा पास गर्छन् काम गर्न सक्नेले काम गर्न नसक्ने विद्यार्थी बढिले पास गरेर उनीहरु जाने हुँदा काम गर्न नसक्ने र काम कठिन महसुस हुन्छ । त्यसैले परीक्षाको साथसाथै शारीरिक अवस्था स्वास्थ्य जाँच काम गर्न सक्ने व्यक्ति छान्ने परिपाटीको पनि विकास हुनुपर्छ । 


कोरिया गएका कामदार मालिक र कम्पनी सञ्चालकको दासका रुपमा काम गर्नुपर्ने हुन्छ । उनीहरुले भनेभन्दा बाहिर जानै पाइँदैन र जथाभावी गालिगलौज गर्ने जस्ता क्रियाकलपमा सरकारी तवरबाट निगरानी र कारबाही हुनुपर्छ । कम्पनीमा काम गर्न नसक्ने बढी काम गर्नुपर्ने जस्ता समस्यालाई कम्पनीबाट विशेष चासो नहेरी कामको मात्र चिन्ता लिने गरिन्छ । खाना बस्न र स्वास्थ्यको बारेमा विशेष चासो राख्नुपर्छ । घर परिवारले पनि विदेशमा हुने आफन्तको विशेष ख्याल राख्ने जथाभावी पैसा र आवश्यकता देखाएर तनाव दिने गर्नुहुन्न । 


दिनभरि रातभरि काम गरेर आराम नगर्ने रक्सीको प्रयोग गर्ने, शरीरमा ब्लोडपे्रसर सुगर, ग्यास्ट्राइटिक्स जस्ता समस्याकाो ख्याल गर्ने । पर्याप्त आराम गर्ने, पानी खाने समस्या भए तत्काल अस्पताल जाने जस्ता उपाए अपनाउनुपर्छ । रातभरि फोन र फेसबुका व्यस्त रहेर काममा जाने गरेको पाइन्छ । यसलाई पनि ख्याल गर्ने, साथीले यति कमायोभन्दा पनि आफ्नो स्वास्थ्य र काम अनुसार आफू सन्तुस्ट हुन सिक्ने । सरकारी तवरबाट नेपालमै मानसिक समस्या समाधानका लागि विशेष कक्षा दिने र सरकारले  कोरियाका नेपालीको समस्याहरु सुल्झाउन विशेष पहल गर्ने । सरकारी कार्यालयहरु केवल तलब खाने र दिन काट्ने छन् । यस्ता समस्या समाधान गर्न विभिन्न अभियान सञ्चाल गर्न गर्न सकिन्छ । मृत्युलाई समाधन गर्न सकिन्न तर यस्ता विभिन्न खाले मृत्युलाई न्यूनीकरण गर्न सकिन्छ । त्यसैले कोरियाको यो मृत्युको शृङ्खलालाई गम्भीर रुपमा लिने गनुूृपर्छ । यसको समाधान भनेको हामी सबै सचेत भएमा र सरकारी तबरबाट यस्ता समास्या न्यूनीकरण गर्न भूमिका निर्वाह गर्नुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप