सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उदयपुर अस्पतालमा सुत्केरीको मृत्यु

आइतबार, १५ मङ्सिर २०७६, २२ : ४९
आइतबार, १५ मङ्सिर २०७६

 जिल्ला अस्पताल उदयपुरमा आज उपचार गर्न ढिलो ल्याउने क्रममा एक सुत्केरीको मृत्यु भएको छ ।

जिल्ला अस्पतालका अनुसार उदयपुर, त्रियुगा नगरपालिका–७ घर बताउने २६ वर्षीया सरिस्मा बुढाथोकीको उपचार गर्न ढिला ल्याइपु¥याउँदा मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा विजय मेहताले बताए ।

    बिहान ७ बजे जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेको बुढाथोकीलाई उनका श्रीमान् प्रेमले लिएर आएका थिए ।

 बिरामीको शरीरमा हेमोग्लोबिन कम भएकाले अवस्था नाजुक भएपछि जिल्ला अस्पतालले बाहिर लान सिफारिश गरेको थियो ।  श्रीमान् रगतका लागि रकम जुटाउन गएका बेला श्रीमतीको बिहान ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप