हुवासिन सिमेन्टले माग्यो विभिन्न २७ पदमा कर्मचारी
सोमबार, १६ मङ्सिर २०७६, ०७ : ४९
काठमाडौँ । हुवासिन सिमेन्टले विभिन्न २७ पदमा कर्मचारी माग गरेको छ। चिनियाँ लगानीको सो सिमेन्ट कम्पनीले सोमबार कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्य उम्मेदवारले अक्टोबर ८ भित्र बायोडाटा पठाइसक्नु पर्नेछ भने अक्टोबर १० देखि पहिलो चरणको अन्तर्वार्ता हुनेछ । कर्मचारीको कार्यक्षेत्र धादिङ जिल्ला रहनेछ ।