राजधानीको हाँडीगाउँमा ग्याँस सिलिण्डर पड्किँदा एक घाइते
सोमबार, १६ मङ्सिर २०७६, १३ : १५
काठमाडौं । खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किँदा काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ जोगीकुटीमा एक जना घाइते भएका छन् ।
आइतबार राति सिलिन्डर विस्फोट हुँदा भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह घाइते भएका हुन् । कुशवाहाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको भइरहेको छ ।