सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तेह्रौँ साग : नेपाललाई पहिलो स्वर्ण पदक

सोमबार, १६ मङ्सिर २०७६, १३ : ३७
सोमबार, १६ मङ्सिर २०७६

काठमााडैं । नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् ।

सातदोबाटोस्थित कराँते हलमा आज भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । उनले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । श्रेष्ठले २५.७२ अङ्क जोडे । यता रजत पदक हात पार्नुभएका पाकिस्तानका खेलाडीले २४.९२ अङ्क जोडे ।
    
त्यसअघि सेमिफाइनलमा मण्डेकाजीले बङ्गलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाएका थिए । यससँगै मण्डेकाजीले दुई दशकपछि नेपाललाई कातामा स्वर्ण दिलाउन सफल भएका छन् । नेपालमै भएको आठौँ सागमा गङ्गाराम महर्जनले कातामा नेपाललाई स्वर्ण दिलाएका थिए । त्यसयता कातामा नेपाल स्वर्णविहीन हुँदै आएको थियो ।
    
चञ्चलाले रजत 

त्यस्तै महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छिन् । । उनी  फाइनल खेलमा पाकिस्तानकी साहिदासँग पराजित भइन् । चञ्चलाले फाइनलमा २४.६२ अङ्क जोड्दा साहिदाले २४.६२ अङ्क जोडिन् । यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बङ्गलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप