बागलुङमा जिप दुर्घटना, १४ जनाको मृत्यु
गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो ।
गुल्मीको तम्घासबाट बागलुङका लागि कार्की परिवारलाई बोकेर आएको ग१ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल बडिगाढ खोलामा खसेको प्रहरीले जनाएको छ ।
बुर्तिबाङ्ग प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार एक बालकसहित १४ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई अस्पताल पठाइएको छ ।
दोहलीका समाजसेवी विष्णु सुनारका अनुसार इस्मा गाउँपालिका–४ साविकको दोहली गाविस–७ पैयापाटाबाट कार्की परिवार कुल पुजाका लागि बाग्लुङतर्फ जाँदै थिए । सोही गाडी दुर्घटनामा परेको हो ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।