भुटानविरुद्ध नेपालले हान्यो दुई गोल
मङ्गलबार, १७ मङ्सिर २०७६, १४ : ४६
काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले भुटानविरुद्ध २–० को अग्रता बनाएको छ ।
दशरथ रंगशालामा जारी खेलमा नेपालका सुजल श्रेष्ठले दुई गोल गरेका छन् । उनले ५ औं मिनेट र ५० औं मिनेटमा गोल गरेका हुन् ।
साग अन्तर्गतको फुटबलमा यो पहिलो खेल हो ।