टिकटकबाट चर्चित एलिशाको ‘पहिलो भेटमै’
मङ्गलबार, १७ मङ्सिर २०७६, १७ : ५८
काठमाडौं । गायक मिलन सुर्खेतीको नयाँ गीत ‘पहिलो भेटमै’को भिडियो सार्वजनिक भएको छ । योगेन ढोलीको शब्द रहेको गीतमा गायक सुर्खेतीकै संगीत रहेको छ ।
‘मन छाडे मैँच्याङ’को रिमेक गीतबाट निकै चर्चा पाएका मिलनका यस अगाडि २५ बढी गीत बाहिर आएका छन् । तीमध्य दर्जनजति हिट छन् ।
‘पहिलो भेटमै’को गीतको भिडियो मुस्ताङ्गमा छायाँकन गरिएको छ । नविन पुरीको निर्देशन रहेको भिडियोमा जितेश प्रधान र टिकटकमा चर्चित एलिशा पुन मगरले अभिनय गरेका छन् ।
भिडियोको सम्पादन बनिश शाह, कोरियोग्राफी शिशिर खाती र निर्माता राजेश मास्के रहेका छन् ।