मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मालपोत कार्यालयमा अख्तियारको स्टिङ अप्रेशन, घुससहित दुईजना रंगेहात पक्राउ

बुधबार, १८ मङ्सिर २०७६, १५ : १६
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा ‘स्टिङ अप्रेसन’ गरी दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उक्त कार्यालयमा कर्मचारीले घुस माग गरेको भन्ने सेवाग्रहीको सूचनाका आधारमा मंगलबार स्टिङ अप्रेसन गरिएको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतमलाई घुसबापत लिएको ४० हजार रुपैयाँसहित आयोगको टोलीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि उनीहरुले घुस माग गरेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट उक्त कार्यालयमा स्टिङ अप्रेसनका लागि टोली पठाइएको थियो ।

कार्यालय परिसरबाट दुवै जनालाई मंगलबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप