प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै
बिहीबार, १९ मङ्सिर २०७६, १४ : ४६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा अस्पतालबाट डिस्चार्ज हुँदैछन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका ओली १० दिनपछि डिस्चार्ज हुन लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्ने प्रक्रिया चलिरहेको जानकारी दिएका छन् । उनले ट्वीटरमा जनाएअनुसार प्रधानमन्त्री ओली अप्रेसनपछि पूर्ण स्थास्थ्यलाभ गरेर दिउँसो ३ बजे अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । त्यसयता उनी अस्पतालमै स्वास्थ्यलाभ गर्दै आएका थिए ।