क्रिकेटमा बंगलादेशले दियो नेपाललाई १५६ रनको लक्ष्य
शनिबार, २१ मङ्सिर २०७६, ११ : २५
काठमाडौँ । १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले नेपालसामु १५६ रनको लक्ष्य पेश गरेको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको हो ।
बंगलादेशका लागि नजमुल होसैन शान्टोले सर्वाधिक ७५ रन बनाएर अविजित रहे । ६० बलमा उनले चार छक्का र चार चौकाको मद्दतमा उक्त रन बनाएका हुन् ।
त्यस अतिरिक्त अफिफ होसैनले अद्र्धशतकीय पारी खेल्दै २८ बलमै ५२ रन जोडे । यासिर अलिले १४ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अङ्कमा रन बनाउन असफल रहे ।
बलिङतर्फ नेपालका पूर्व कप्तान पारश खड्काले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा मात्र १५ रन खर्चदैं तीन विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई र अभिनाष बोहराले एक विकेट लिए ।