४४ राउण्ड गोली सहित नुवाकोटबाट दुई जना पक्राउ
सोमबार, २३ मङ्सिर २०७६, १२ : ५२
नुवाकोट । बेलकोटगढी नगरपालिका ७ रातमाटा बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।