ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको जिप दुर्घटना
मङ्गलबार, २४ मङ्सिर २०७६, १२ : ४९
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा मंगलबार सुमो जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।
बिहान पौने ९ बजे सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ६४१२ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खसेको हो ।
जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको बताइन्छ । घाइतेहरुको अवस्थामा खतरामुक्त रहेको र ओखलढुङ्गाकै मिसन अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय प्रमुख पुष्पराज मल्लले रातोपाटीलाई जानकारी दिए ।