सुनको मूल्य फेरि घट्यो
मङ्गलबार, २४ मङ्सिर २०७६, १३ : २५
काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । यस्तै चाँदीको पनि रु ५ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोमलामा ७० हजार ५०० मा कारोबार भएको छ ।
यस्तै चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको छ ।