“१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” निष्काशन सम्झौता
बुधबार, २५ मङ्सिर २०७६, १८ : ४०
काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंकको “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” ३ अर्ब बराबरको डिबेन्चर निष्काशन सम्झौता भएको छ ।
१०.५०% व्याज सहित दश वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग नक्साल काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
कूल ३०,००,००० कित्ता डिबेन्चरमध्ये १८,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १२,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिनेछ ।
उक्त कार्यको लागि मंसिर २५ गते नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच नेपाल क्रेडिट एण्ड कमर्स बैंक डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको हो ।