प्रहरी निरीक्षक ४० हजार घुससहित रंगेहात पक्राउ
बुधबार, २५ मङ्सिर २०७६, २३ : ५९
१
काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । थापालाई अखित्यार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजाघरबाट पक्राउ वुधबार पक्राउ गरेको हो ।
थापामाथि अभियुक्त पक्राउ नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवाग्राहीसँग ४० हजार घुस लिएको आरोप लागेको छ ।