बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तपाइँको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

सोमबार, ०५ भदौ २०७४, ०५ : २७
सोमबार, ०५ भदौ २०७४

बि.स.२०७४ भाद्र ०५ गते । सोमबार । ईश्वी सन् २०१७ अगष्ट २१ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि औशी,४६ घडी ०३ पला,रातको १२ बजेर ०३ मिनेट उप्रान्त प्रतिपपदा । नक्षत्र अष्लेषा २७ घडी ५३ पला,बेलुका ४ बजेर ४७ मिनेट उप्रान्त मघा । योग वरियान १२ घडि ०९ पला, बिहान १० बजेर २९ मिनेट उप्रान्त परिध । करण चतुष्पद, दिउँसो १२ बजेर २१ मिनेट उप्रान्त नाग,रातको १२ बजेर ०३ मिनेट उप्रान्त किंष्तुध्न । आनन्दादिमा श्रीवत्स योग । चन्द्ररासि कर्कट बेलुका ४ बजेर ४७ मनेट उप्रान्त सिंह । बुबाको मुख हेर्ने दिन । कुसे औंशी । सोमबारे औशी । मोतिराम जयन्ती ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३८ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३४ मिनेट जादा । दिनमान ३२ घडी २२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपानाउँनु होला । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्याबहार गर्नुहोला आलोचनाको शिकार हुँनुपर्नेछ । आमाको  तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुँनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । बेलुकिपखको समय अनुकुल नभएकोले कुनै पनि काम गर्दा ख्याल गर्नुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनै पनि कारोबार नगर्नुहोला बिवाद हुँनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकि प्रभावित हुँनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । साझपख छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ भने व्यापारमा बढुवा हुँने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । बिलाशि तथा भौतिक सम्पतिको प्रयोग गर्न पाईने हुँनाले अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुँनेछ । साझपख पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर भएको महशुष हुँनेछ । कामहरु बिग्रनेछन् भने मान सम्मानमा आघात पुग्नेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि दिन कुर्नु पर्नेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको अध्ययन तथा कर्म प्राप्तिको लागि देश बिदेशको यात्रा गर्न सकिनेछ । साझपखको समय राम्रो रहेकोले राम्रा तथा परिणाममुखि काम गर्न सकिने हुँनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सरकारि स्रोतको प्रयोग तथा परिचालन गरि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । माया प्रेममा एक अर्काबिच नजिक हुँने समय रहेकोछ भने दाम्पत्य जीवन खुसाल रहनेछ । चाहेको बस्तुु तथा ईच्छित चाहनाहरु पुरा हुँनाले मन प्रशन्न रहनेछ । बेलुकिपख बिदेशि सामानको व्यापारमा बृद्धि हुँने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैया पैसा प्रशस्त कमाउँन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा अढिनै आम्दानि हुँने हुँदा नयाँ क्षेत्रमा लगानि गर्न जागर आउँनेछ भने रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागिर पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुँने प्रशस्त सम्भावना रहेकोछ । अध्ययन तथा अध्यापनमा सहकर्मिको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउँनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मान सम्मान तथा ईज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारि सेवामा झन्झटिला प्रक्रिया अबलम्बन गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । राज्जबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । साझपख राजनिति तथा समाजसेविहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ ।  बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुँनेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ । बिहानको समय राम्रो रहेकोले कुनै महत्वपुर्ण कामहरु शुरु गर्न सकिनेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुँनाले सजक रहनु पर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । लामो तथा रमाईलो यात्रा हुँनेहुँदा मन प्रशन्न हुँनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपाईले सोचेजस्ते राम्रो हुँनेछ । साझपख भौतिक सम्पति तथा सवारि साधनको सहि प्रयोग गर्न नजान्दा वा दुरुपयोग हुँदा नराम्रा घट्ना घट्ने सम्भावना रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानि गरि आर्थिक स्थिति उकास्न सकिनेछ । कुनै पनि क्षेत्रमा आउँने प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुँने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । पढाईमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि फेला पार्न सकिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दिा आउँनेछ । साझपख समय उत्तम रहेकोले न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् भने सत्रुलाई परास्त गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानुको साथै घर परिवार आफन्तसँग सम्बन्ध नयाँ तारिकाले बिश्तार गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 

ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप