सुनचाँदीको मूल्य बढ्यो
बिहीबार, २६ मङ्सिर २०७६, १७ : ५३
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ४०० रुपैयाँले बढेर ७१ हजार २०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ ।
यस्तै चाँदी बुधबारको तुलनामा रु १० बढेर ८४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।