उपत्यकाको मौसममा सुधार, आकाश खुलेपछिका ८ तस्बिर
शनिबार, २८ मङ्सिर २०७६, १० : ५२
काठमाडौँ । काठमाडौँ उपत्यकाको मौसममा सुधार भएको छ । शुक्रबारदेखि सुरु भएको वर्षा रोकिएर शनिबार घाम लागेको छ । यद्यपि काठमाडौँमा वर्षासँगै चिसो बढेको छ ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले वर्षा भएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसमविद्का अनुसार आइतबारबाट मौसममा क्रमशः सुधार हुँदै जानेछ ।