प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि सोमबारदेखि छलफल
आइतबार, २९ मङ्सिर २०७६, १५ : १०
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको बैठकमा पहिलो दिन अध्यक्षको प्रतिवेदन पेश भएको स्थायी समिति सदस्य चक्रपाणि खनाल बलदेवले जानकारी दिए ।
खनालका अनुसार प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु हुनेछ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विधान संशोधन, सरकारको समीक्षा, आगामी ६ महिने कार्ययोजना, केन्द्रीय समिति बैठक बोलाउने लगायतका विषय समेटिएका छन् ।