आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् काठमाडौं महानगरका विजेताहरु भव्य सपथग्रहण समारोह (फोटोफिचर)

बुधबार, १७ जेठ २०७४, १५ : ०४
बुधबार, १७ जेठ २०७४

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहितका सबै स्थानीय जनप्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् । 

काठमाडौंको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडांै महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यसहित नवनिर्वाचित १ सय ५९ जना जनप्रतिनिधिहरुलाई सामूहिक सपथ ग्रहण गराएका ुहन् । सपथग्रहण समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित मेयर शाक्यले सबैसँग सहकार्य गरेर जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले चुनावी घोषणा पत्रमा उल्लेख गरिएको प्रतिवद्धता अनुसार अघि बढने पनि स्पष्ट पारे । नवनिर्वाचित मेयर शाक्यले काठमाडौंलाई पाँच वर्ष भित्र हराभरा, स्वच्छ र सुन्दर महानगर बनाउने प्रतिवद्धता चुनावी घोषणा पत्रमा उल्लेख गरेका थिए ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महानगरपालिकालाई समृद्ध र आधुनिक सहर बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले फोहोर व्यवस्थापन, प्रदुषण नियन्त्रण, ट्राफिक व्यवस्थापनको काममा पनि विशेष जोड दिने उल्लेख गरे ।


सपथ ग्रहण समारोहमा स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरु विवेकशील नेपालकी रञ्जु दर्शना, नयाँ शक्ति पार्टी, नेपालका पवित्र बज्राचार्य लगायतको पनि उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप