चिसोले सिरहाको जनजीवन प्रभावित
मङ्गलबार, ०१ पुस २०७६, १८ : १०
सिरहा । जाडो बढेपछि सिरहासहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ ।
जाडो बढेकोले दैनिक कामकाज गर्न समेत समस्या भइरहेको छ । जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेका छन् । चिसो बढेसँगै सिरहाका ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
यस्तै ज्याकेट, सुइटर, टोपि, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाको बिक्री पनि ह्यात्तै बढेको स्थानीय व्यवसायीहरुले बताएका छन् ।