सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ढुङ्गेलको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

मङ्गलबार, ०१ पुस २०७६, २२ : ०६
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य, नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति रामेश्वरप्रसाद ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा सभापति देउवाले स्वर्गीय ढुङ्गेलले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनुभएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

सभापति देउवाले उनको आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति पनि समवेदना प्रकट गरेका छन् । ढुङ्गेलको उपचारका क्रममा आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको थियो । उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

स्व ढुङ्गेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ बाट विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप