मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा हतियारसहित तीन जना पक्राउ

बुधबार, ०२ पुस २०७६, १४ : ४९
बुधबार, ०२ पुस २०७६

रौतहट । सशस्त्र प्रहरीको टोलीले एकथान घरेलु हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।

सशस्त्र बेस क्याम्प फतुआटो चेक प्वाइट टोलीले एकथान कटुआ पेस्तोल गोली र अन्य विभिन्न सामानसहित तीनैजनालाई गएराति पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा परोहा नगरपालिका ६ बसन्तपटीका ३८ वर्षीय राम अधार साह, वडा ४ लौकाहाका ६६ वर्षीय छोटेलाल साह र बारा सुवर्णपुर गापा ६ का ३७ वर्षीय उमेधर यादव रहेका छन ।

उनीहरुको साथबाट एकथान घरेलुु कटुआ पेस्तोल, ८ एमएमको २ थान सोही पेस्तोलमा लाग्ने गोली, चक्कु २ थान, वायर काट्ने ठुलो कटर १ थान, मोबाइल३ थान, पेचकस १ थान समेत बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रबिनराज कर्णजितले बताए । 

बरामद सामानसहित उनीहरुलाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप