मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सागमा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाको सम्मान (तस्बिरहरु)

बुधबार, ०२ पुस २०७६, १४ : ५९
बुधबार, ०२ पुस २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । 

महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो । 

कार्यक्रममा बोल्दै महानगरका मेयर चिरीबाबु महर्जनले सागमा पदक विजेता खेलाडीहरुलाई बधाई दिँदै एसियन गेम र ओलम्पिकमा पदक जितेर आएपछि यो भन्दा ठूलो रकमले सम्मान गर्ने बताए । 

खेल क्षेत्रमा ठूलो योगदान गर्न नसकेपनि ऐनमा उल्लेख भएअनुसारको काम महानगरले गरेको उनले बताए । 

महानगरले फुटबलमा लगानी गरिरहेके उल्लेख गर्दै उनले एन्फामा दर्ता भएको क्लबहरुलाई टीम तयारी स्वरुप सहयोग गरेको बताए । उनले महानगरभित्रका ए डिभिजन क्लबहरुलाई ४ लाख, बि डिभिजन क्लबहरुलाई ३ र सि डिभिजन क्लबहरुलाई २ लाख रुपैयाँ तयारीका लागि दिइएको बताए । 

सम्मान कार्यक्रममा स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीको पनि सहभागीता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप