थ्रीस्टार र जाउलाखेलले गोलरहित बराबरी खेले
बुधबार, ०२ पुस २०७६, १५ : १२
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ललितपुरका दुई क्लब थ्रीस्टार र जाउलाखेलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा बुधबार भएको खेलमा थ्रीस्टार र जाउलाखेलले बराबरीसँगै एक एक अंक पाए । थ्रीस्टारले लगातार गोल गर्ने अवसर बनाएपनि असफल हुन सकेन ।
लिगको दावोदार टोली थ्रीस्टारलाई यस बराबरी निकै महंगो हुने देखिएको छ । अघिल्लो सिजन थ्रीस्टार तेस्रो भएको थियो ।
जावलाखेल १०औं भएको थियो । लिगमा आजै दशरथ रंगशालामा साविक विजेता मनाङ मस्याङ्दी र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।