सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनाको पहिलो कारण मानवीय त्रुटिः महानिर्देशक शर्मा

चालक उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने
बुधबार, ०२ पुस २०७६, १७ : ५७
बुधबार, ०२ पुस २०७६

काठमाडौँ । सडक विभागका महानिर्देशक केशव शर्माले अधिकांश सडक दुर्घटनाहरु मानवीय कारणले हुने गरेको बताएका छन् । 

बुधबार राजधानीमा आयोजित साक्षत्कारमा महानिर्देशक शर्माले विश्वव्यापी अध्ययनले पनि सडक दुर्घटनाको पहिलो कारण मानवीय त्रुटि नै भएको देखाएको बताए । 

सवारी चालक, यात्रु वा पैदल यात्रीका कारणले दुर्घटनाहरु हुने गरेको उनको भनाई छ । त्यसैगरि सडकको अवस्था, सडक सुहाउँदो सवारी नहुनु र सवारीको यान्त्रिक कारणले पनि दुर्घटनाहरु हुने गरेको उनले बताए । 

 पछिल्लो समय सडक विभागले विभिन्न राजमार्गहरुमा सडक सुरक्षालाई ध्यानमा राख्दै सडक सुधारका विभिन्न योजनाहरु लागुु गरेको बताए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सडक दुर्घटना न्यूनीकरणमा सम्बन्धित निकायको ध्यान जान नसकेको बताए । 

सडक बनाउँदा ईञ्जिनियरहरुको अध्ययन बिनानै निर्माण भएका सडकका कारण पनि दुर्घटना बढेको उनले बताए । 

यातायात सुधारको क्षेत्रमा सरकारको लगानी नै नभएको भन्दै उनले चालक उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने माग गरे । 

सवारी जाँच गर्न एउमा मात्रै फिटनेस सेन्टर भएपनि त्यो पनि काम नलाग्ने अवस्थामा रहेको उनले बताए । महासचिव सिटौलाले उपत्यकामा मालबाहक सावरी पार्किङको व्यवस्था गर्न पनि माग गरे । 
 
महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले उपत्यकामा दैनिक हुने ¥यालीहरुका कारण ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको बताए । 

दैनिक १३ लाखको हाराहारीमा सवारी सञ्चालन हुने उपत्यकामा जम्मा १३ सय ६८ ट्राफिक अधिकृत र जवान कार्यरत रहेको उनले बताए । 

पछिल्लो समय भएका सडक दुर्घटनाहरुप्रति दुःख व्यक्त गर्दै साक्षत्कारमा सहभागि वक्ताहरुले सडक दुर्घटना सम्बन्धि अध्ययन गर्न समिति गठन गरी समाधानका उपाय पत्ता लगाउनुपर्नेमा जोड दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप