सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालकुमारीमा ट्याक्सीको ठक्करबाट २५ वर्षीया युवतीको मृत्यु

बिहीबार, ०३ पुस २०७६, ०९ : ४१
बिहीबार, ०३ पुस २०७६

काठमाडौँ । ललितपुरको बालकुमारीस्थित खरिबोट नजिकै बिहीबार बिहान ट्याक्सीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

बा२ज २८०६ नम्बरको ट्याक्सीले बिहान पौने ४ बजे अन्दाजी २५ बर्षीया युवतीलाई ठक्कर दिएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

महिलाको शवलाई पाटन अस्पतालमा राखिएको छ । मृककको सनाखत हुन बाँकी छ । ठक्कर दिने ट्याक्सीसहित चालकलाई प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप