सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पीएसजीमा एमबाप्पेको लगातार गोल

बिहीबार, ०३ पुस २०७६, ०९ : ५८
बिहीबार, ०३ पुस २०७६

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा केलियन एमबाप्पेले ६ खेलसम्म लगातार गोल गरेका छन् । 

फ्रान्सेली लिग कप अन्तर्गत बुधबार राति भएको खेलमा पनि एमबाप्पेले गोल गरे । यस खेलमा पीएसजीले दोस्रो डिभिजनको क्लब लि मेन्सलाई ४–१ गोलले हरायो । जितसँगै पीएसजी लिग कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पिएसजीको जितमा पाब्लो सर्बियाले २१औं मिनेटमा खाता खोले । 

उनले एन्जल डी मारियाको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा इरिक म्याक्सी चुप्पो मोटिङले दोस्रो गोल गरे । इरिकले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । ४१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पहिलो हाफमा पीएसजीलाई फराकिलो अग्रता दिलाए । 

पछिल्ला ६ खेलमा लगातार गोल गरिरहेका एमबाप्पेको यो सातौं गोल हो । त्ससपछि ४७औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीको अग्रता थप बिलयो बनाए । ५३औं मिनेटमा हरिसन मान्जालाले लि मेन्सका लागि सान्त्वना गोल फर्काएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप