आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नागरिकता कानून विरोध गर्दा ‘सावधान इन्डिया’ बाट निकालिए अभिनेता सुशान्त सिंह

बिहीबार, ०३ पुस २०७६, १३ : ०३
बिहीबार, ०३ पुस २०७६

अभिनेता सुशान्त सिंहले नागरिकता संशोधन विधेयक (सिएए) को विरोध गरेकोमा आफूलाई हिन्दी टिभी शो ‘सावधान इन्डिया’ बाट निकालिएको दाबी गरेका छन् । सुशान्तले मंगलबार बिहान ट्वीट गरेर यसको जानकारी दिए ।

यद्यपि, च्यानलको तर्फबाट अहिलेसम्म यसबारे कुनै आधिकारीक टिप्पणी सार्वजनिक भएको छैन । सुशान्तले  सावधान इन्डिया शोलाई सन् २०११ देखि प्रस्तुत गरिरहेका थिए । अहिले यो शो स्टार भारत च्यानलमा प्रसारित भइरहेको छ ।

सुशान्तले मुम्बईमा नागरिकता कानूनविरुद्ध विरोध प्रदर्शनमा भाग लिएका थिए र दिल्लीको जामिया मिलिया इस्लामियामा भएको पुलिसको हिंसाको निन्दा गरेका थिए ।

सुशान्त पछिल्लो थुप्रै वर्षदेखि यो क्राइम शो होस्ट गर्दै आइरहेका थिए । एक व्यक्तिले ट्वीट गरेर उनलाई साँचो बोल्दाको मूल्य चुकाउनुपरेको हो भनेर सोधे । यसबारे अभिनेताले भने, ‘यो निकै सानो मूल्य हो साथी । भगत सिंह, सुखदेव र राजगुरुलाई जवाफ कसरी दिने ?’

सुशान्त सिंहको भनाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले भनेको छ, ‘म प्रतिभा बेच्छु, आफ्नो विवेक होइन । जब मेरा बालबच्चाले ठूलो भएपछि विद्यार्थीलाई प्रताडित गर्दा तब म के गरिरहेको थिएँ भनेर सोधे मसँग जवाफ हुनुपर्छ ।’

कार्यक्रमसँगको सम्झौता समाप्त गर्नुअघि मलाई कुनै कारण बताइएन । उनले भने, ‘मलाई यस्तो लाग्छ कि यदि यो मेरो कदमको नतिजा हो भने यो निकै सानो मूल्य हो, जुन मैले चुकाउनु पर्यो । जे भएको छ, त्यसले मलाई ठूलै प्रभाव पारेको छ र मैले जे गरेको छु त्यसमा मलाई कुनै पछुतो छैन ।’

जामियामा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि पुलिसको बर्बर कारवाहीमा धेरै मानिसहरुले बलिउड कलाकारलाई चुप बसेको भन्ने आरोप लगाइरहेका छन् । के काम नपाउने डरले मानिसहरु मुकदर्शक बनिरहेका छन् भन्ने प्रश्न सोध्दा सुशान्तले भने, ‘म अरुको जिम्मेवारी लिन सक्दिनँ तर मलाई यस्तो लाग्छ कि मसँग आवाज छ भने म बोल्छु नै ।’

उनले भने, ‘यस्तो होइन कि तीमध्ये कसैले पनि बोलिरहेका छैनन् । ऋचा चड्डा, तापसी पन्नु, जिशान अय्युब र अभिनव सिन्हाजस्ताले बोलिरहेका छन् । जसलाई गलत लाग्छ उनीहरुले बोलिरहेका छन् जसलाई लाग्दैन उनीहरु चुप छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप