आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दाङमा ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु, एक घाइते

बिहीबार, ०३ पुस २०७६, १४ : ०६
बिहीबार, ०३ पुस २०७६

बुटवल । दाङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ भने एक विद्यार्थी घाइते भएकी छन् । तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिँदा तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीया विजिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ ।

रा १ त १४३५ नम्बरको ट्रयाक्टरको ठक्कर दिँदा गम्भीर घाइते भएकी तुलसीपुर ७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए ।

ट्रयाक्टरको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया मनिषा वली घाइते भएकी छन् । वलीको बायाँ हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप