सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विवादित विधेयक अघि नबढाउन प्रधानमन्त्रीलाई देउवाको आग्रह

बिहीबार, ०३ पुस २०७६, १५ : २६
बिहीबार, ०३ पुस २०७६

काठमाडौँ । प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच सभामुख चयन लगायतका समसामयिक विषयमा छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा ओली र देउवाबीच भेटवार्ताका क्रममा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

भोलीबाट संसद सुरु हुने भएकाले दुई नेताबीच त्यसवारेमा कुराकानी भएको हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवासँगै ओलीसँगको भेटमा काँग्रेस नेता रमेश लेखक समेत बालुवाटार पुगेका थिए । यद्यपि नेता लेखकले दुई नेताबीचको छलफलबारे केही बताउन चाहेनन् । 

काँग्रेसले यसअघि सरकारलाई विवादास्पद अध्यादेश र विधेयक अघि नबढाउन  आग्रह गर्दै आएको छ । तर सरकार मिडिया काउन्सिल लगायत विभिन्न विधेयक अघि बढाउने तयारीमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप