सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फिफा वरियतामा नेपाल यथावत स्थानमा

बिहीबार, ०३ पुस २०७६, १८ : ०६
बिहीबार, ०३ पुस २०७६

काठमाडौं । फिफा वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै एक सय ७० औं स्थानमा छ । गत महिना नेपाल तीन स्थान तल झरेको थियो । दक्षिण एसियाली देशको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि भारत एक सय आठ र माल्दिभ्स एक सय ५५ औं स्थानमा छ ।

नेपाल भन्दा तल बंगलादेश एक सय ८७, भुटान एकसय ८९, पाकिस्तान दुई सय एक र श्रीलंका दुई सय पाँचा स्थानमा छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङल्यान्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप