सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमानः हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा

शुक्रबार, ०४ पुस २०७६, ०८ : १०
शुक्रबार, ०४ पुस २०७६

मौसम पूर्वानुमान महाशाखाकाले मौसम पूर्वानुमानको सूचना जारी गरेको छ । महाशाखाले शुक्रबार देशभरीको मौसमको अवस्थाको बारेमा जानकारी दिएको हो ।

महाशाखाको विश्लेषण अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी बायुको प्रभाव देखिएको छ । भने हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । यसैगरी, पश्चिमी भूभागका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । 

आज पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने र पश्चिमी भूभागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, राति देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडिरहिमालि भूभागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भूभागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप