मच्छिन्द्र र च्यासल बराबरीमा रोकिए
शुक्रबार, ०४ पुस २०७६, १५ : ३०
काठमाडौं । मच्छिन्द्र र च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बारबरी खेल्दै अंक बाँडेका छन् ।
एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सुक्रबार भएको खेलमा मच्छिन्द्र र च्यासलले १–१ गोलको बराबरी खेले । खेलमा सुरुवाती अग्रता च्यासलले लिएको थियो । २८ औं मिनेटमा सन्तोस साहुखलले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
यससँगै सन्तोसले घरेलु लिगमा ९९ गोल पूरा गरेका छन् । सन्तोस लिग फुटबलका सर्वाधिक गोलकर्ता पनि हुन् । मच्छिन्द्रले ८८औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।
मच्छिन्द्रका लागि देवेन्द्र तामाङले बराबरी गोल गरे । उनले डिबक्स भित्र च्यासलका रक्षकको गल्तीमा सजिलै गोल गरेका थिए ।
सुक्रबार च्यासलले दुईजना जापानी खेलाडी उतारेको थियो । बराबरीसँगै च्यासल र मच्छिन्द्रले एक एक अंक बाँडेका छन् ।