आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिग बासमा सन्दीपको टोली मेलबर्न विजयी

शुक्रबार, ०४ पुस २०७६, १८ : २३
शुक्रबार, ०४ पुस २०७६

एजेन्सी । अस्ट्रेलियन बिग बास टी–२० लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली मेलबर्न स्टार्सले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको मेनबर्नले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको ब्रिसबेन निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४५ रनमा समेटिएको थियो ।

ब्रिसबेनका लागि टोम ब्यान्टोनले सर्वाधिक ६४ रन बनाए । म्याट रेन्सले ३९ रन बनाएका थिए । मेलबर्नका लागि सन्दीपले एक विकेट लिए । आडम जाम्पाले तीन विकेट लिए । हरिस रौफ र ड्यानिएल वोरलले दुई दुई विकेट लिएका थिए । यसअघि मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ८३ रन बनाएका थिए । पिटर ह्यान्डस्कम्बले २०, हिल्टन कोर्टराइटले १८ र बेन डंकले ११ रन बनाए । ब्रिसबेनका लागि प्रयोग गरिएका ६ नै जना बलरले एकएक विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप