सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाग्लुङमा जीप दुर्घटना, ५ जना घाइते

शनिबार, ०५ पुस २०७६, १२ : २१
शनिबार, ०५ पुस २०७६

बुटवल । शनिवार बिहान बाग्लुङको बडीगाड गाउँपालिकामा जीप दुर्घटना हँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये  ३ जनाको अवस्था गम्भीर रहेको छ ।

 खर्वाङबाट सिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१५ नम्बरको पिकअप जीप बडीगाड गाउँपालिका २, सक्न्यार टुटिफेदमा दुर्घटना भएको हो ।

खर्वाङबाट विरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते हुनेहरुमा वडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानी वस्ने वर्ष २४ का चालक रमेश श्रीस, बडिगाड गाउँपालिका वडा नं. ३ सरधारा वस्ने वर्ष २६ की शान्ती थापा, निजकै छोरी वर्ष ६ की विविशा थापा, सोही स्थान वस्ने वर्ष २३ की नुनु रेश्मी र सोही स्थानकै वर्ष ३३ की चुरा कुमारी थापा रहेका छन् ।

गाडी सडकवाट झण्डै ३०० मिटर तल खसेको छ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप